महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व चतुर्थी - ४

परिचय

साबिकको केन्द्रीय तथ्याङ्क विभाग (हालको राष्ट्रिय तथ्याङ्क कार्यालय) को स्थापना वि.सं. २०१५ साल पौष १५ गते, तथ्याङ्क ऐन २०१५ बमोजिम गरिएको थियो। देशभरका तथ्याङ्क संकलन, प्रशोधन, विश्लेषण, प्रकाशन र व्यवस्थापनका कार्यहरू सुव्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले विभाग अन्तर्गत वि.सं. २०५० सालमा ३३ वटा शाखा तथ्याङ्क कार्यालयहरू स्थापना गरिएको थियो।शाखा तथ्याङ्क कार्यालयहरूले गणना, सर्वेक्षण तथा विभिन्न प्रकारका सूचनाहरू निर्माण र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए। तथापि, समयानुकूल संस्थागत सुधार र पुनःसंरचनाको खाँचो महसुस भई, नयाँ तथ्याङ्क ऐन २०७९ जारी भएसँगै ती ३३ कार्यालयहरूलाई समायोजन गरी १८ वटा तथ्याङ्क समन्वय कार्यालयका रूपमा पुनर्संरचना गरिएको हो।यसैअनुसार, १८ वटा तथ्याङ्क समन्वय कार्यालयमध्ये तथ्याङ्क समन्वय कार्यालय खोटाङ पनि एक हो । जसको औपचारिक स्थापना वि.सं. २०८१ साल श्रावण १ गते गरिएको हो। कार्यालयको कार्यक्षेत्रमा खोटाङ, भोजपुर, ओखलढुंगा र सोलुखुम्बु जिल्लाहरू रहेका छन्। हाल यो कार्यालय खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकामा अवस्थित छ, र यस क्षेत्रका तथ्याङ्क प्रणालीलाई समन्वय, सुदृढीकरण र सेवा प्रभावकारिता अभिवृद्धि गर्ने कार्यमा समर्पित छ।वि.सं. २०७९ साल मङ्सिर २० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार, साबिकको राष्ट्रिय योजना आयोग अन्तर्गत रहेको केन्द्रीय तथ्याङ्क विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको "राष्ट्रिय तथ्याङ्क कार्यालय" का रूपमा पुनर्संरचना गरिएको हो। यस संरचनागत परिवर्तनले नीति निर्माणमा आवश्यक तथ्याङ्क पहुँचलाई अझ प्रभावकारी बनाएको छ।तथ्याङ्क समन्वय कार्यालय खोटाङको स्थापना पछि, यस कार्यालयले राष्ट्रिय तथ्याङ्क कार्यालयबाट सञ्चालन हुने विभिन्न गणना तथा सर्वेक्षणहरूमा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ। यस्ता कार्यहरूमा प्राविधिक समन्वय, जनशक्ति परिचालन तथा स्थानीय तहसँगको सहकार्य प्रमुख रहेका छन्। यसका साथै, कार्यालयले आफ्नै वार्षिक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत जिल्लास्तरीय तथ्याङ्क संकलन, अद्यावधिक, विश्लेषण र प्रकाशनका गतिविधिहरू सञ्चालन गर्दछन्।सेवाग्राही नागरिकहरूका लागि सर्वसुलभ रूपमा तथ्याङ्क सेवा उपलब्ध गराउँदै आएको यस कार्यालयको सेवा पहुँच र प्रभावकारिता उल्लेखनीय छ। कार्यालयका सम्पूर्ण कार्यहरू तथ्याङ्क ऐन, २०७९ तथा तथ्याङ्क नियमावलि २०८० बमोजिम निर्देशित र संचालित हुन्छन्, जसले तथ्याङ्कको गोपनीयता, गुणस्तर र उपयोगितालाई सुनिश्चित गर्दछ।वर्तमान समयमा कार्यालयले देशको सामाजिक तथा आर्थिक अवस्थाको मापन गर्न विभिन्न नियमित तथा विशेष सर्वेक्षणहरूमा समन्वय गर्दै आएको छ, जसमा निम्न महत्वपूर्ण कार्यक्रमहरू पर्दछन्: दश वर्षमा एकपटक हुने राष्ट्रिय जनगणना, कृषि गणना,पाँच वर्षको अन्तरालमा सञ्चालन हुने राष्ट्रिय आर्थिक गणना,औद्योगिक गणना,जीवनस्तर सर्वेक्षण, नेपाल श्रम शक्ति सर्वेक्षण, तथा विभिन्न प्रकारका गणना तथा सर्वेक्षणहरू संचालन गर्दै आएका छन्यी सर्वेक्षणहरू स्थानीय तह, सरकारी निकाय, अनुसन्धानकर्ता, नीति निर्माता र सरोकारवालाहरूलाई प्रमाणमा आधारित निर्णय गर्न आवश्यक पर्ने गुणस्तरीय तथ्याङ्क प्रदान गर्न अत्यन्तै उपयोगी हुन्छन्।

https://maps.app.goo.gl/eHMADwxWzkg2hA4Y6